दैलेख : दैलेखबाट सुर्खेत जाँदै गरेको बस वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेतको कटकुवा नजिक दुर्घटनामा भएको छ । दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ ।
सोमबार दिउँसो कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको बस दुर्घटनामा परेर मृत्यु हुनेमा दुल्लु नगरपालिका–१० गमौडी घर भइ हाल ठाकुरवावा नगरपालिका–५ नेउलापुर निवासी ६५ वर्षीय शेरबहादुर खड्का र डुगेश्वार गाउँपालिका ६ का २२ बर्षिय भिमसेन रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
दुर्घटना लगत्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलि र स्थानीयले घाईतेको उद्धार गरेका थिए । दुर्घटनामा घाईत भएका २१ जनालाइ तत्कालै थप उपचारको लागि सुर्खेत पठाईएको छ । घाईतेहरुको प्रदेश अस्पताल कालागाउँ सुर्खेत र कर्णाली कियरमा उपचार भइरहेको छ । प्रहरीको प्रारम्भीक अनुसन्धानमा गाडीको ब्रेक फेल हुँदा सडकबाट तल खसेको र रूखले अट्काउँदा थप मानवीय ठूलो क्षती हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।






